काठमाण्डौ । सेयर बजार लामो समयदेखि घटेको घट्यै छ । निरन्तर घटेको बजारले लगानीकर्तादेखि ब्रोकर सबै नै अहिले दबाबमा छन् ।
राजधानीकै एउटा ‘ग’ वर्गको वित्त कम्पनी समृद्धि फाइनान्सले आफुले कर्जा तिर्ने समय माग्दामाग्दै जबरजस्ती सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको एक जना लगानीकर्ताले गुनासो गरेका छन् । ती लगानीकर्ताले भने, ‘मैले ६ महिना अगाडि त ब्याज तिरेकै हो ।
अहिले बजार घटेको छ । जेजसरी भएपनि तिर्छु भन्दा भन्दै समृद्धि फाइनान्सले ब्रोकरलाई नै दबाब दिएर मेरो सेयर बिक्री गर्न थालेको छ ।’
‘बैंक तथा वित्तीय सँस्था भनेको अप्ठ्यारो पर्दाका साथी पनि हुन्, तर त्यस्तो देखिएन’, ती लगानीकर्ताले बीजशालासँग भने, ‘घाम लागेको बेला छाता दिने र पानी पर्न थालेपछि छाता माग्ने काम समृद्धि फाइनान्सले गर्न खोज्यो ।’
समग्र व्यवसायीलाई नै अप्ठ्यारो परेको बेला मैले अहिले असहज भयो, जसरि भएपनि तिर्छु भन्दाभन्दै पनि समृद्धि फाइनान्सले जबरजस्ति गरेको ती लगानीकर्ताको गुनासो छ ।
उता कम्पनीका सूचना अधिकारी बिनोद राज पौडेल भने लगानीकर्ताको सेयर मार्जिन घटेको र नेपाल राष्ट्र बैंककै नियमानुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाउनु परेको बताउँछन् ।
बाँकी ब्याजसम्मको विषय भए हामीले कुरा बुझ्थ्यौं तर मार्जिन नै घटेको कारण आफुहरु पनि राष्ट्र बैंकको नियमभित्र बसेर प्रक्रिया अगाडि बढाएको उनले बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19