काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरुका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन जारी गरेको छ।
निर्देशनमा भुक्तानी प्रदायकले कुनै ग्राहकले एक वा एकभन्दा बढी खाता वा वालेटमा एकैपटक वा पटकपटक गरी एक महिनामा १० लाखभन्दा बढी रकमको कारोबार गरेमा राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने उल्लेख छ। जसअनुसार दुईवटा गतिविधि देखिएमा राष्ट्र बैंकभित्र रहेको वित्तीय जानकारी इकाइलाई १५ दिनभित्र जानकारी गराउनुपर्छ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानीसम्बन्धी कसुर वा अन्य कसुरसँग सम्बन्धित भएको शंका लागेमा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्छ। आतंककारीलगायतका कुरामा शंका लागेमा पनि जानकारी गराउन निर्देशन दिइएको छ।
भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले वालेट सञ्चालन गर्न ग्राहक पहिचानसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न गराउन अनलाइन फाराम भर्ने भराउने तथा अद्यावधिक गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकको निर्देशन यदि कसैले नियम पालना नगरे कारबाही जनाइएको छ। नीति तथा कार्यविधि पालना नभएमा पहिलोपटकका लागि सचेत गराउनेछ भने दोस्रोपटकदेखि १० लाख जरिवाना गरिने व्यवस्था गरिएको छ।
यसैगरी राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्थाअनुसार ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएमा पहिलोपटकका लागि सचेत गराउने वा नसिहत गर्ने, दोस्रोपटक १० लाख जरिवाना गर्ने र तेस्रोपटकदेखि २० लाख वा गाम्भीर्यताअनुसार थप जरिवाना हुने व्यवस्था गरिएको छ।
यस्तै जानीबुझी बेनामी वा काल्पनिक कारोबार गरेमा २० लाख वा गाम्भीर्यताअनुसार थप जरिवाना गरिने राष्ट्र बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19