काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित सूर्या क्याटरिङ एन्ड पार्टी प्यालेसमा बिहान ८ः३० बजेबाट हुनेछ।
सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभामा छलफल गरी आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन हुनेछन्।
सभा प्रयोजनका लागि कम्पनीले यही पुस ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19