काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको चाबहिलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न १ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
सभाले कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सोही सभाले सेयरधनीहरुबाट ६ जना सञ्चालक पनि चयन गर्नेछ।
सभामा सञ्चालक समितिबाट प्रस्तुत गरिने वार्षिक साधारणसभा पारित हुनेछ भने गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19