काठमाण्डौ । उचाइबाट एक्कासी तल झरेको तेल बजारले यतिबेला आफ्नो इतिहासकै सबैभन्दा अन्धकार क्षणहरुलाई अनुुभूत गरिरहेको छ । कोरोनाभाइरसका कारण विश्व बजारमा तेलको माग खस्किरहेको छ । आपूर्तिमा संकुुचन आइरहेको छ, तर सोचे अनुुुुरुप भन्दा सुस्त गतिमा । 

विश्वले यतिबेला तेल भण्डारण गर्ने ठाउँ अभावको सामना गरिरहेको छ । भण्डारण गर्ने ठाउँको अभाव यति गहिरिएको छ कि यसले गर्दा यो साता तेलको मूल्य पहिलो पटक नकारात्मक अवस्थामा पुुग्न गयो । 

तेल उद्योगको यो दुुर्घटनाले उद्योगलाई नोक्सानको गणना गर्न बाध्य पारीरहेको छ, जुुन एकदमै दर्दनाक छ । धेरैजसो तेल उत्पादक कम्पनीहरुले तेल उत्खनन् गर्ने आफ्नो योजनालाई रद्ध गरेका छन् । अन्य कम्पनीहरु सक्रिय तेलका खानी र कुुवाहरु बन्द गर्न बाध्य भएका छन् । 

कतिपय दयनीय कम्पनीहरु त बाँच्न सक्ने अवस्थामै छैनन । तर तेल बजारमा पुुनः सन्तुुलनमा ल्याउने प्रयास यति अधिक हुुन सक्छ कि यसले मूल्य वृद्धिको लागि मञ्च तयार गरिदिनसक्छ । र, यदि जब माग रिकभर हुुनेछ त्यतिबेला माग धान्नलाई आपूर्ति पर्याप्त नहुुन पनि सक्छ । 
मोलचान्भोका अनुुसार अहिले विश्वका ३.६ बिलियन मानिसहरु लकडाउनमा बसेका छन् । यात्रुुजन्य उडानहरु ग्राउन्डेड भएका छन् । अधिकांश उद्योग कलकारकानाहरुले आफ्नो उत्पादन ठप्प पारेका छन् । 

इन्टरनेशनल इनर्जी एजेन्सीले सन् २०२० मा विश्वको तेलको माग दैनिक ९.३ मिलियन ब्यारेका दरले घट्ने अनुुमान गरेको छ । तर यो अवस्था सधैभरि भने रहिरहने छैन । भविष्यमा कुुनै विन्दुुमा विश्वलाई फेरी तेलको प्यास लाग्नेछ । “जब तेलको माग पहिलेको जस्तै सामान्य अवस्थामा आउनेछ, त्यतिबेला अर्थात सन् २०२१ मा तेलको अभाव हुुनसक्ने प्रशस्त सम्भावनाहरु रहेका छन् ।” मोलचान्भोले भने । 

मे महिनामा सुुरुवातमा ओपेक, रसिया र अन्य तेल उत्पादक देशहरुको समूहले तेल उत्पादनमा १० मिलियन ब्यारेलको रेकर्डतोड कटौति गर्ने जनाएका थिए । बजारको स्थितिले ओपेक बाहिरका तेल उत्पादकहरु अमेरिका लगायतलाई पनि उत्पादनमा कटौति गर्न बाध्य पारिरहेको छ । 

अमेरिकाको तेल बजारमा तेलको मूल्यमा स्तब्ध पार्ने माइनस ४० डलरको मूल्य गिरावटले समस्यालाई झनै गहिराइदिएको छ । अमेरिकामा तेलको मूल्यमा देखिएको गिरावटमा अझै तीव्रता आउने प्रक्षेपणहरु गरिन थालेका छन् । 

राइसटर्ड एनर्जीका अनुुसार अमेरिका तेलको मूल्य एक महिनामा सबैधन्दा धेरै गिरावट आउने ऐतिहासिक मोडमा पुुग्ने बाटोमा अग्रसर भइरहेको छ । यस्तोमा तेल उत्पादक कम्पनीहरुले आफ्नो उत्पादनलाई व्यापक कटौति गरिरहेका छन् । कम्पनीहरुले दुुई प्रकारले उत्पादनमा कटौति गरिरहेका छन् । पहिलो, उनीहरुले तेल उत्खनन् गर्ने नयाँ योजनाहरुको खर्चमा र पूर्ण रुपमा निर्माण नभएका खानीहरुको खर्चमा कटौति गरिरहेका छन् । जस्तै एक्सनमोबिलले सन् २०२० का लागि ३० प्रतिशत खर्च कटौति गरेको छ । 

दोस्रो, तेल कम्पनीहरुले सक्रिय रहेका तेल खानीहरुलाइ बन्द गरिरहेका छन् । यो दर्दनाक प्रक्रियालाई “सट इन्ड्स्” भन्ने गरिन्छ । यस्ता सक्रिय खानीहरु एकचोटि बन्द भएपछि भविष्यमा फेरि पूर्ण क्षमतामा फर्कन सक्ने ग्यारेन्टी हुँुदैन । यसका लागि धेरै समय र खर्च लाग्न सक्छ । कतिपयले जबर्जस्ती तेल उत्पादन खानीहरु बन्द गर्दा त्यसले खानीमा नोक्सान पुुर्याउन सक्ने बताएका छन् । 

राइस्टर्ड इनर्जीका अनुुसार तेलको मूल्य प्रति ब्यारेल २० डलरमा पुुग्दा अमेरिकाका ५३३ वटा तेल अन्वेषक र उत्पादक कम्पनीहरु सन् २०२१ सम्म टाट पल्टन सक्नेछन् ।  
-सिएनएन