काठमाण्डौ । सरकारले यसै आर्थिक वर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ। २०७२ सालमा गठन भएको स्वास्थ्य बीमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको हो।
यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिनेछ। त्यसपछि काठमाण्डौ र ललितपुर जिल्लामा पनि लागू गर्न लागिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा। माधव लम्सालले जानकारी दिए।
बीमा कार्यक्रममार्फत ५ जनासम्मको परिवारको ३ हजार ५ सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले १ लाख रुपैयाँबराबरको औषधोउपचार सरकारले तोकेको अस्पतालमा गराउन सक्नेछन् । ५ जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्य ७ सयका दरले बीमा रकम थप गर्नुपर्नेछ । ५ जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि २ लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ।
बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ। बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने जानकारी दिए। ‘अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गर्दछौं,’ उनले भने, ‘त्यसपछि नागरिकलाई बीमाप्रति जनचेतना जगाइ सबैलाई आबद्ध गर्दछौं।’
अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन्। थापाले बीमामा सबै नागरिकलाई आबद्ध गराउने खालका कार्यक्रम ल्याइने बताए।
अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भए पनि ७ लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन्। तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन् भने यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेका छन्।
-RSS
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago