काठमाण्डौ । सरकारी दुुई बीमा कम्पनीले लामो समयदेखि लेखापरीक्षण नगराएको तथ्य बाहिरएको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेड र राष्ट्रिय बीमा संस्थानले लेखापरीक्षण नगराएका हुन्। 

महालेखापरीक्षकको कार्यालयले ५९ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७/७८ राष्ट्रिय बीमाले विगत ५ वर्षदेखि र राष्ट्रिय बीमा संस्थानले विगत ९ वर्षदेखि लेखापरीक्षण नगराएको जनाएको हो। 

समीक्षा अवधिसम्म १९ वटा जीवन बीमा कम्पनी र २० निर्जीवन बीमा कम्पनी र २ पुुनरर्बीमा कम्पनी थिए। महालेखापरीक्षकका अनुसार सरकारी २ कम्पनीहरुले चरम लापरबाही गरेको देखिन्छ। उनीहरुले विगतदेखि लेखापरीक्षण नगरे पनि सेवा भने दिइरहेका छन्। तर ती बीमा कम्पनीको सेवा अरु बीमा कम्पनीहरुको जस्तो चुुस्त प्रणालीको नभएको बीमितले गुुनासो गर्दै आएका छन्। 

महालेखापरीक्षकले हरेक वर्ष लेखापरीक्षण नगर्नेको सूचीमा राख्दै आएको भए पनि ती दुुवै कम्पनी मौन बसिररहेका छन्। जसले सरकारी कम्पनीले नै सरकारी नियमको धज्जी उडाएको अर्थात नियम पालना नगरेको प्रष्ट देखिन्छ। 

कार्यालयका अनुसार सार्वजनिक संस्थानमध्ये १६ वटाले मात्र २०७८ जेष्ठसम्म २०७७/७८ सम्मको लेखापरीक्षण गरेका छन्। २६ संस्थानले भने २०७७/७८ सम्मको लेखापरीक्षण गरेका छैनन्।

सोमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ वर्ष, विशाल बजार कम्पनी लिमिटेडले विगत ५ वर्षदेखि लेखापरीक्षण गराएका छैनन्।