काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १५ जीवन बीमा कम्पनीले झन्डै साढे १ खर्ब प्रिमियम कलेक्सन गरेका हुन्। जीवन बीमा कम्पनीहरुले आर्जन गरेको यो बीमाशुल्क अघिल्लो आर्थिक वर्ष २०७८–७९को तुलनामा २.६४ प्रतिशतले मात्रै बढी हो।
गत आर्थिक वर्षमा सबैभन्दा बढी नेपाल लाइफले ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। दोस्रोमा एलआईसी नेपालले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। एलआईसी नेपाललाई पच्छ्याउँदै नेसनल लाइफले पनि १४ अर्ब ९४ करोडमाथिक प्रिमियम कलेक्सन गरेको छ।
यसका साथै मर्ज भएपछि हिमालयन लाइफ र सूर्यज्योति लाइफ पनि बीमा व्यवसायमा अब्बल देखिएको छ। हिमालयन लाइफले १४ अर्ब ९४ करोड प्रिमियम कलेक्सन गर्दा सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड माथि प्रिमियम कलेक्सन गरेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा कसले कति प्रगति गरे ?
अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा गत आर्थिक वर्ष २०७९–८० मा बिजनेसमा सबैभन्दा प्रगति गर्नेमा आइएमई लाइफ रहेको छ। आइएमई लाइफले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १८.२६ प्रतिशत बढीले प्रिमियम कलेक्सन बढाएको छ।
दोस्रोमा नेसनल लाइफले गत आर्थिक वर्षमा १४.४५ प्रतिशत बढीले प्रिमियम बढाएको छ। तेस्रोमा सन नेपालले गत आर्थिक वर्षमा ११.५४ प्रतिशत बढीले प्रिमियम बढाएको छ।
यसका साथै सिटिजन लाइफले ५.५४ प्रतिशत, नेपाल लाइफले ५.०४ प्रतिशत, सानिमा रिलायन्स लाइफले ३.६४ प्रतिशत, एसियन लाइफले २.०१ प्रतिशत, महालक्ष्मी लाइफले १.१२ प्रतिशत, मेट लाइफले ०.५९ प्रतिशत र सूर्यज्योति लाइफले ०.१० प्रतिशतले मात्रै प्रिमियम कलेक्सन बढाएका छन्।
उता ५ कम्पनीको बीमाशुल्क आर्जन भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। सबैभन्दा बढी प्रभु लाइफको १४.२४ प्रतिशतले बिजनेस खस्किएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19