काठमाण्डौ । सहयोगी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १९.३ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीहरुलाई बोनस सेयर भने वितरण नगर्ने भएको छ ।
बैंकले प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ ।
धनुषाको जनकपुरधाममा केन्द्रीय कार्यालय रहेको यो बैंकलाई राष्ट्र बैंकले ‘ख’ वर्गमा राखेको छ । यो बैंकको कार्यक्षेत्र तीन जिल्लामा फैलिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago