काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३/७४ मा ३४ करोड २७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २१ करोड ५४ लाखमा सीमित थियो । 
बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो फड्को मारेको छ । अघिल्लो वर्ष ४७ करोड ८० लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष ७१ करोड २१ लखको उचाईमा पुुगेको छ । 

यस्तै, अघिल्लो वर्षसम्म ३१ करोड २५ लाख रहेको संचालन नाफा बढेर यो वर्ष ५३ करोड १२ लाख पुुगेको छ । 

यो अवधिमा बैंकले १३ अर्ब ८७ करोड निक्षेप संकलन गरी ११ अर्ब १६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १० अर्ब ३६ करोड निक्षेप संकलन गरी ९ अर्ब १५ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले यो अवधिमा रिजर्ब कोषमा करिब तीनगुणाको वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष २० करोड ११ लाख रुपैयाँ रहेको रिजर्ब कोष बढेर ५७ करोड ५८ लाखको उचाईमा पुुगेको छ । 

अघिल्लो वर्ष ०.६५ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जा घटेर ०.६० प्रतिशतमा झरेको छ । यो बैंकको कस्ट अफ फण्ड पनि ४.९१ प्रतिशतबाट वृद्धि भई ७.८९ प्रतिशत पुुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २६.५३ रुपैयाँ, प्रति सेयर नेटवर्थ १४२.३९ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १२०८.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.७० गुणा कायम भएको छ ।