काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज आइतबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १३ करोड ३ लाख ३२ हजार २० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।