काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको हिजो चैत १ गते बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलार्य अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही चैत १० गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब चैत ९ गतेसम्म कायम सेयरधनीहरुमात्र बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।