काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७२ रुपैयाँको कुल ५.२६३ प्रतिशतले हुन आउने १७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १६ करोड ३३ लाख ७९ हजार ५८६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशतले हुन आउने ८५ लाख ९८ हजार ९२६ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।