काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ। 

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७९–८०को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७२ रुपैयाँको कुल ५.२६३ प्रतिशतले हुन आउने १७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने १६ करोड ३३ लाख ७९ हजार ५८६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशतले हुन आउने ८५ लाख ९८ हजार ९२६ रुपैयाँबराबरको नगद लाभांश छन्। 

बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी बढाएर ३ अर्ब ४३ करोड ९ लाख ३०२.५५ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सांग्रिला डेभलपमेन्ट बैंक तथा अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने र गाभिने तथा सांग्रिलाले अन्य बैंक तथा वित्तीय प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले यही मंसिर ११ गतेदेखि मंसिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।