काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनसहित ०.२६३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । 

साथै सभाले गत आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण पनि पारित गरेको छ ।

हाल कम्पनीले देशभर ११२ शाखा कार्यालय र  ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।