काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगञ्जमा अवस्थित लर्डबुद्घ एजुकेशनल एकेडेमी लिमीटेडद्वारा संचालित नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही साउन १ गतेदेखि लागू हुने गरी १० प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको छ । 

सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगञ्जका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खडका र लर्ड बुद्घ एजुकेशनल एकेडेमी लिमीटेडका प्रबन्ध संचालक डा. सुरेशकुमार कानोडियाले हस्ताक्षर गरे ।