काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लिमीटेडबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेज लिमीटेडका तर्फबाट उक्त कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकले नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धी लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज लिमीटेडमार्फतत सहज तथा सरल रुपमा पाउनेछन् ।
बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट ग्राहकले यो सुविधा लिनसक्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19