काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेड र वीरगञ्जको द हबि अटो ट्रेडिङ्ग प्रालिबीच गाडी खरीदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 

बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्ग प्रालिका तर्फबाट उक्त कम्पनीका अध्यक्ष उमेशनारायण मानन्धरले हस्ताक्षर गरेका छन् । 

सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध एस्कर्ट (Escort)  कम्पनीको एक्स्ट्रीम (xtreme)  ब्राण्डका ब्याक हो लोडर तथा हेभी ईक्यूपमेन्टको आधिकारिक बिक्रेता द हबि ट्रेडिङ्ख प्रालिबाट नयाँ ब्याकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा सम्झौता अन्तर्गत खरिद रकमको अधिकतम ७० प्रतिशत सम्म कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन्।

यस सेवाअन्तर्गत बैंकले हाल संचालनमा रहेका आफ्ना ८६ वटै शाखाहरुबाट ग्राहकलाई यस किसिमको कर्जा प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।