काठमाण्डौ । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २.५० प्रतिशत बोनस सेयर र ९.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव साधारणसभाबाट पारित  गरेको छ । 

कम्पनीले असार  १७ गते आइतबारको दिन १३ औं वार्षिक साधारणसभा गरी त्यहाँबाट संचाक समितिले गरेको लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको हो । 

काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा सम्पन्न साधारणसभामा आ.ब.२०७३/७४ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्रप्रसाद श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गरी सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा सँलग्न अनुसुचिहरु उपर छलफल गरिएको थियो ।

रु.२ अर्ब ४४ करोड ५२ लाख ५६ हजार ६ सय चुक्तापूँजी भएको यस विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७३/७४ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको २.५० प्रतिशत बराबरको बोनश शेयर तथा ९.३० प्रतिशत नगद लाभांस कर सहित सो साधारणसभाबाट पारित गरेको हो । अब पारित लाभांश बैकको शेयर रजिष्ट्रार एनआइविल क्यापिटल मार्केट लिमिटेडबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ । बोनसपछि बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड ६३ लाख ८५ हजार पुगेको छ । 

बैंकले चालु आ.ब.को तेस्रो त्रैमासिक अवधिमा करिब रु. १४ अर्व ७६ करोड निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरी करिब रु. २५ करोड ०६ लाख खुुद मुनाफा आर्जन गरेको छ । हालसम्म ५२ शाखा रहेको यस बैंकले चालुु आ.ब.मा पूूंजी बृद्धिसंगै ब्यवसायको आकारलाई समेत बृद्धि गर्नुु पर्ने भएकोले आफनो शाखा सञ्जाललाई बिस्तार गर्ने कार्यमा हाल गोरखाको छेवेटार एक्टेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गर्नुुको साथै पहिला चरणमा काठमाण्डौं उपत्यकामा थप ६ वटा शाखा सहित सातवटै प्रदेशमा गरी नयां २२ वटा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकति लिई मुुस्ताङको जोमसोम बाहेक अधिकांस शाखाहरु यसै चालुु आ.ब.मा संचालन भईसकेका छन् । दोस्रो चरणमा काठमाण्डौ उपत्यकामा अरु थप ५ वटा पेप्सीकोला, टोखा, बानेश्वर, सानेपा ललितपुुर र ठीमी भक्तपुुर सहित बिभिन्न दुुर्गम स्थानहरु हुुम्लाको सिमीकोट, दार्चुुला, बैतडीको पाटन, दैलेखको राकम, रोल्पाको सुुलिचौर, नुुवाकोटको बटार, धादिङको गल्छी लगायत २९ वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई निर्माण कार्य भइरहेको र सो पश्चात बैंकको शाखा संजाल ८७ पुुग्ने बताइएको छ ।