काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । 

विकास बैंकको भदौ ८ गते बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो । संखुुवासभा जिल्लाको चैनपुुरमा ४६ बर्षअघि जन्मिएका श्रेष्ठ यसअघि तत्कालीन एस डेभलपमेन्ट बैंक लिमीटेडको प्रमुुख कार्यकारी अधिकृत थिए ।

श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्स्टिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डिया, नयाँ दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उतीर्ण गरेका छन् । 

सन् २००० मा हिमालयन बैंक लिमिटेडबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टरनल अडिट डिपार्टमेन्ट हेडसम्मको जिम्मेवारी सम्हालेका थिए भने सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा सहायक प्रबन्धक हुँदै प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरिसकेका छन् । सो पश्चात सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्य समेत गरेका श्रेष्ठ सन्  २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हँुुदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरिसकेका छन् ।

यसरी विभिन्न कमर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूूर्ण पदमा रही लामो बैंकिङ अनुुभव हासिल गरेका श्रेष्ठको कार्यकाल तथा नयाँ नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंक लिमिटेडलाई थप सफलता तथा उचाई प्रदान हुुने संचालक समितिले विश्वास लिईएको छ।