काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंकको १४औं वार्षिक साधारणसभा सोमबार काठमाण्डौमा सम्पन्न  भएको छ । 

सभाले आ.ब.२०७४/७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिबेदनमाथि  छलफल गरी पारित गरिएको  बताइएको छ ।  

सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७४/७५ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस कर सहित बितरण गर्ने साधारणसभाबाट पारित  भएको छ । सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सय हुने प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

साधारणसभाका अवसरमा संस्थापक समूह तथा सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३र३ जना संचालकहरुको निर्वाचनमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने अच्युतप्रसाद प्रसाई, शान्तराज बतास र सुशिलकाजी बानियाँ तथा सर्वसाधारण शेयरधनीको तर्फबाट गंगासागर ढकाल, सुमनकुमार श्रेष्ठ र रबिना शेरचन र्निबिरोध निर्वाचित भएका छन् ।   नवनिर्वाचित संचालक समितिको बैठकले अच्युतप्रसाद प्रसाईलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

हाल ७७ वटा शाखा सञ्जाल रहेको यस विकास बैंकको काठमाण्डौ उपत्यकामा थप पाँचवटा शाखाहरु पेप्सीकोला, टोखा, नयाँबानेश्वर, सानेपा, र ठीमी भक्तपुुरसहित विकट हिमाली दुुर्गम जिल्ला हुुम्लाको सिमीकोट, त्यस्तै बयलबास, जितपुुर, धरान र लाहान गरी १० वटा शाखाहरु खोल्न नेपाल राष्ट्रबैंककाट स्वीकृति प्राप्त भई निकट भविष्यमा संचालन हुुने क्रममा रहेको छ । 

सो पश्चात बैंकको शाखा सञ्जाल ८७ पुुग्नेछ । आफ्नो २३ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको यस बैंकले भिसा डेबिड कार्ड संचालनमा ल्याइसकेको छ । एपोलो हस्पीटल, नयाँ दिल्ली(इण्डीया)सँग सम्झौता गरी यस विकास बैंकका भिजा कार्ड प्रयोगकर्ता ग्राहक, शेयरधनी, कर्मचारी तथा तिनका परिवारहरुले एपोलो हस्पीटलमा सेवा लिंदा उक्त सेवाहरुमा १० प्रतिशतसम्म छुुट पाउने छन् ।