काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको खूद नाफा १७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १८ करोड ६९ लाख नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो नाफा १६ करोडमा सीमित थियो । 

समीक्षा अवधिमा बैंकले संचालन  मुनाफामा समेत १६.६२ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष २५ करोड १७ लाख रहेको यस्तो नाफा बढेर यो वर्ष २९ करोड ३५ लाखको उचाईमा पुगेको हो । 

यो अवधिमा बैंकले ३५ करोड ६१ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ४६ करोड ८३ लाख बढी पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १८ अर्ब ३९ करोड निक्षेप संकलन गरी १६ अर्ब ७३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो आ.ब.को यही अवधिको तुलनामा निक्षेपतर्फ २५ र कर्जातर्फ २९ प्रतिशतको बढोत्तरी भएको देखिएको  हो । यो बंैकको असन्तुलित मुभमेन्ट हो ।

बैंकको रिजर्ब भने खुम्चिएको छ । अघिल्लो वर्ष यही अवधिमा ७३ करोड २१ लाख रहेको रिजर्ब घटेर ६७ करोड ५० लाखमा सीमित भएको हो । 

बैंकमा खराब कर्जाको अनुपात समेत बढेको छ । अघिल्लो वर्ष ०.८५ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जाको अनुपात बढेर १.२४ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानीमा ३९.१७ प्रतिशतको पहिरो गएको छ । अघिल्लो वर्ष २३.५८ रुपैयाँमा सीमित इपीएस घटेर १४.३५ रुपैयाँ कायम भएको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८.१९ प्रतिशतले घटेर १२५.९० रुपैयाँमा सीमित भएको हो ।