काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले बचत पनि, बिमा पनि नामको नयाँ बचत खाता लञ्च गरेको छ । 

आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो प्रडक्ट लञ्च गरिएको बताएको छ । 

यो स्किमअन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा(रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् ।

जसअन्तर्गत ती खाताहरु खोल्ने ग्राहकलाई रु. १६ लाखसम्मको विमाको व्यवस्था गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

खाताको प्रकृति हेरी दुर्घटना विमा, औषधि उपचार विमा तथा घातक रोगको उपचार वीमा सम्बन्धी सुविधाहरु समेत रहेका छन् । जुन खाता खोल्दा ग्राहकहरुले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्ने छन् भने न्यूनतम मौज्दात क्रमशः रु.५०००, रु.१५००० तथा रु.२५००० हुनुपर्ने छ ।

यो खाता खोल्ने ग्राहकहरुले लकर सुविधामा विशेष छुट, निशुल्क एबीबीएस तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षका लागि निःशुल्क सुविधा प्राप्त गर्न सक्नेछन् । 

यो बैंकको देशैभर ८५ वटा शाखा रहेका छन् ।