Stranded workers in saudi arabia
काठमाण्डौ । तेल खानीका कारण मालामाल साउदी अरब विश्वभरका लाखौं कामदारका लागि एक आकर्षक गन्तव्य हो । तर हिजोआज यो देशमा लाखौं विदेशी कामदार तथा मजदूरहरु अलपत्र छन् । नेपालका समेत सयौं कामदार कामविहीन अवस्थामा भोकभोकै परेका गुनासाहरु सम्बन्धित दूतावासमा आउन थालेका छन् ।
बीबीसीका अनुसार साउदी अरबमा हाल करिब १० हजार व्यक्ति बेरोजगार भएका छन् र उनीहरुलाई मासिक तथा नियमित रुपमा तलब आउन छाडेको छ । यसरी भोकभोकै परेका नेपाली र अन्य देशका मजदूरहरुले खाना मागिरहेका छन् । साउदीमा भोकै परेका आफ्ना नागरिकहरुसम्म खाना पुर्याउने बिषयमा भारत लगायत देशका सरकारले तदारुकता देखाइसकेका छन्, नेपाल सरकार पनि तातेको छ, तर निकै ढिलो गरी । यो हिसाबले पनि अन्य देशका मजदूरहरुको तुलनामा नेपालीको अवस्था अझ भयावह र पीडादायी रहेको बुझ्न सकिन्छ ।
तर, जुन देशका लागि पसिना बगाइरहेका छन् मजदूरहरुले, त्यही देशले उनीहरुको भोकलाई बुझ्न नसक्नुलाई निकै संवेदनशील र बेवास्ताको पराकाष्ठाको रुपमा हेरिएको छ । यो बिषय अन्तराष्ट्रिय स्तरमै चर्चा पाइरहेको छ र साउदी सरकारको मानवाधिकारवादीहरुले कडा आलोचना गरिरहेका छन् ।
साउदी अरबको लेवर मार्केट फ्रि मार्केट हो । आधिकारिक रुपमा यस्तो बजारमा त्यहाँको सरकार सामेल हुन्न । यी सबै काम निजी कम्पनीहरुले गर्दै आएका छन् । कुनै कम्पनीले त्यहाँ काम गर्नुभन्दाअघि यति मजदूरहरुलाई काममा लगाउने भनेर वर्क परमिट लिनुपर्छ र सरकारले त्यही आधारमा ती कम्पनीबाट कर असूल्ने गर्छ ।
मध्यपूर्व बिषयका जानकार तथा भारतको जेएनयूका प्रोफेसर कमाल पाशाले बीबीसीसँग कुरा गर्दै भनेका छन् कि साउदी अरबको लेवर मार्केट फ्रि मार्केट हो । आधिकारिक रुपमा यस्तो बजारमा त्यहाँको सरकार सामेल हुन्न । यी सबै काम निजी कम्पनीहरुले गर्दै आएका छन् । कुनै कम्पनीले त्यहाँ काम गर्नुभन्दाअघि यति मजदूरहरुलाई काममा लगाउने भनेर वर्क परमिट लिनुपर्छ र सरकारले त्यही आधारमा ती कम्पनीबाट कर असूल्ने गर्छ ।
उनका अनुसार सरकारको काम मात्र भिजा मञ्जुर गर्नु हो । त्यसपछि सम्बन्धित कम्पनीले मजदूरलाई कस्तो काम लगाउँछ, कति तलब दिन्छ, कस्तो व्यवहार हुन्छ, त्यसमा साउदी सरकार मतलब राख्दैन । जानकारहरु त यतिसम्म भन्छन् कि साउदी अरबमा सरकार भिजा लिलाम गर्छ र जुन कम्पनीले सबैभन्दा धेरै पैसा दिन्छ, उसैलाई धेरै संख्याका भिजा उपलब्ध गराइन्छ ।
त्यसपछि यिनै कम्पनीहरुले नेपाल, भारत, पाकिस्तान, बंगलादेश थाइल्याण्ड, फिलिपिन्स जस्ता देशहरुमा एजेन्टमार्फत कामदारहरु मगाउँछन् ।
यीमध्ये कोही दूध पुर्याउने काममा लाग्छन्, कोही अस्पतालको सरसफाई त कोही फोहोर उठाउने काममा । कोही प्लम्बरको काम गर्छन् भने कोही नाईको ।
यी कामदारहरुले कमाएर पठाउने पैसाले मात्र उनीहरुको परिवार चल्छ । यिनीहरुले पठाएको रेमिटान्सले देशको ढिकुटी भरिन्छ । साउदी अरबमा रहेका नेपालीहरुले प्रत्येक वर्ष नेपालमा लाखौं अमेरिकी डलर पठाउँछन् ।
सरकारको काम मात्र भिजा मञ्जुर गर्नु हो । त्यसपछि सम्बन्धित कम्पनीले मजदूरलाई कस्तो काम लगाउँछ, कति तलब दिन्छ, कस्तो व्यवहार हुन्छ, त्यसमा साउदी सरकार मतलब राख्दैन । जानकारहरु त यतिसम्म भन्छन् कि साउदी अरबमा सरकार भिजा लिलाम गर्छ र जुन कम्पनीले सबैभन्दा धेरै पैसा दिन्छ, उसैलाई धेरै संख्याका भिजा उपलब्ध गराइन्छ ।
साउदीमा अलपत्र नेपालका मजदूरहरुको अहिलेको समस्यालाई उनीहरु कार्यरत कम्पनीको आर्थिक समस्यासँग जोडेर हेर्ने गरिएको छ । तर साउदी अरबमा विदेशी कामदारमाथि शोषण पनि निकै चरम छ, बेला–बेला यस्ता विषय समेत बाहिर आउने गरेको छ ।
साउदी अरबमा काम गरेर फर्किएका मजदूरहरुका अनुसार त्यहाँ श्रम शोषणविरुद्धको कानून पनि निकै कडा छ, तर धेरै कामदारलाई यो बिषयमा कुनै जानकारी हुन्न र श्रम शोषण लगत्तै उनीहरु सोझै दूतावास आइपुग्छन् । त्यहाँको श्रम मन्त्रालयको कानून पनि निकै कडा छ । तर त्यहाँको मन्त्रालयले जहाँ–जहाँ कानून लाग्दैन, त्यहाँ दख्खल दिन आवश्यक ठान्दैन, यसले समेत निजी कम्पनीहरुको दादागिरी बढ्ने र यसले कामदारको शोषण बढाउने गरेको छ ।
मानवाधिकार संगठन एम्नेष्टी इन्टरनेशनलका अनुसार बितेको २५ वर्षमा भारत, नेपाल, पाकिस्ता, बंगलादेश जस्ता मुलुकबाट जति कामदार साउदी गएका छन्, त्यति ठूलो संख्यामा कामदार अन्य खाडी मुलुक गएका छैनन् ।
समृद्ध भनिएको देशमा कामदार भोकभोकै परे भन्ने खबरले कस्तो असर पुर्याउला त ? अरब न्यूजका पूर्व सम्पादक तथा साउदी विश्लेषक खालेद अल मैनाको भनाईमा कामदारहरु भोकै पर्दा यसले साउदी अरबको प्रतिष्ठामाथि नै धक्का पुग्नेछ । उनी भन्छन्–‘यहाँ विदेशी कामदारहरुमाथि निकै ठूलो अन्याय भएको छ । मजदूरहरु आफ्नो पेटका लागि बालबच्चा र परिवार छाडेर आउँछन । यस्तो संवेदनशील अवस्थामा उनीहरुलाई तलब चाहि समयमै प्राप्त हुँदैन । कोही ७ महिनादेखि त कोही ८ महिनादेखि बेतलबी भएर बसिरहेका छन् र कसैले पनि उनीहरुलाई सहयोग गरेको छैन । यस्तो अवस्था आउनुमा हामी सबै जिम्मेवार छौ ।’
यहाँ विदेशी कामदारहरुमाथि निकै ठूलो अन्याय भएको छ । मजदूरहरु आफ्नो पेटका लागि बालबच्चा र परिवार छाडेर आउँछन । यस्तो संवेदनशील अवस्थामा उनीहरुलाई तलब चाहि समयमै प्राप्त हुँदैन । कोही ७ महिनादेखि त कोही ८ महिनादेखि बेतलबी भएर बसिरहेका छन् र कसैले पनि उनीहरुलाई सहयोग गरेको छैन ।
साउदी अरबमा काम गर्ने विदेशी कामदारको संख्या करिब ९० लाखको हाराहारीमा रहेको छ ।
यहाँ हुने विदेशी कामदारको शोषणको कहानी अन्तर्राष्ट्रिय मिडियाहरुका लागि मसला मात्र बन्ने गर्छ । कामदारलाई यहाँ जति तलबको प्रतिबद्धतासहित ल्याइएको हुन्छ, त्यति तलब प्राप्त हुँदैन । तलब पनि समयमा भुक्तानी गरिदैन । काम गर्ने वातावरण ठीक हुँदैन । यतिसम्मकी चरम शोषणका बीच पनि कामदारले भाग्न नपाओस् भनेर कम्पनीले नै पासपोर्ट राखिदिन्छ । कर्मचारी त्यसबेला मात्र आफ्नो देश जान पाउँछ, जति बेला कम्पनीले चाहन्छ । यो सबै कामदारको बाध्यता हो ।
तर पनि साउदी अरब गरीब मजदूरलाई लोभ्याउन पछि छैन । जानकारका अनुसार नेपालमा कुनै पनि ड्राइभर ५ देखि १० हजार रुपैयाँ मासिक तलबमा काम गरिरहेको छ भने सो व्यक्ति साउदी गए त्यहाँ आरामले ४० हजारदेखि ५० हजारसम्म कमाउन सक्छ । साउदीमा खान पिउन खासै धेरै खर्च हुँदैन, त्यसकारण जसले पनि त्यहाँ गएर काम गरी १५ देखि २० हजार मासिक आरामले बचाउन सक्छ । यही लोभका कारण नेपालजस्तो गरीब देशका कामदार साउदी जाने रहर गर्छन् ।
कम खर्चमा धेरै नाफा कमाउने अर्थशास्त्रले साउदीका विदेशी कामदारमाथिको शोषणको आधार तयार गरेको छ ।
एशिया र अफ्रिका देशबाट ठूलो संख्यामा कामदार साउदी अरब जान्छन । यसकारण साउदी अरबलाई सायदै चिन्ता होला कि त्यहाँ काम गर्ने कामदारहरु कम होलान् कि भनेर । यस्तो अवस्थामा कम सुविधा र कम तलबमै समेत गरीब कामदार साउदी जान तयार हुन्छन्, यसैको फाइदा त्यहाँका कम्पनीहरुले उठाउँछन् ।
कम खर्चमा धेरै नाफा कमाउने अर्थशास्त्रले साउदीका विदेशी कामदारमाथिको शोषणको आधार तयार गरेको छ । साउदीको विदेश मन्त्रालयका अधिकारी जिक्र उर रहमानको भनाईमा कामदारको शोषणको बिषयमा साउदीमा निकै कडा कारबाही हुन्छ, तर सम्बन्धित पीडितहरु सम्बद्ध अधिकारीसम्म समयमै पुग्नुपर्ने हुन्छ । ‘कुनै पनि कुरा हाम्रो दूतावास र मन्त्रालयसम्म आइपुग्यो भने हामी शोषकमाथि कडा कारबाही गर्छौ ।’ उनले भने–‘धेरै स्पोन्सरलाई जेल सजाय भएको छ । जरीवाना लगाइन्छ र सोही अनुसार दण्ड पनि तोक्ने गरिएको छ । यदि यस्तो हुन्थेन भने यहाँ ९० लाख विदेशी कामदार कसरी हुन्थे ?’
त्यहाँ श्रम शोषणविरुद्धको कानून पनि निकै कडा छ, तर धेरै कामदारलाई यो बिषयमा कुनै जानकारी हुन्न र श्रम शोषण लगत्तै उनीहरु सोझै दूतावास आइपुग्छन् । त्यहाँको श्रम मन्त्रालयको कानून पनि निकै कडा छ । तर त्यहाँको मन्त्रालयले जहाँ–जहाँ कानून लाग्दैन, त्यहाँ दख्खल दिन आवश्यक ठान्दैन, यसले समेत निजी कम्पनीहरुको दादागिरी बढ्ने र यसले कामदारको शोषण बढाउने गरेको छ ।
तर मानवाधिकार संगठन ह्यूमन राइट्स वाचको सन् २०१४ को एक रिपोर्टका अनुसार रोजीरोटीका लागि विदेश जाने कामदार अदालत वा कचहरी जान हिचकिचाउँछन् । उनीहरुमा कम्पनीविरुद्ध कुनै निकायमा गए आफूमाथि कम्पनीले कुनै अप्रिय एक्सन लेला र आफ्नो जागिर नै जाला भन्ने डरले घर गर्ने गरेको अध्ययनले देखाएको छ ।
साउदी अरबका सबैभन्दा ठूला धार्मिक नेता ग्राण्ड मुफ्ती शेख अब्दुल अजीज अल शेखले यसअघि पटक–पटक भनिसकेका छन् कि विदेशी कामदारमाथिको शोषण पूर्ण रुपमा गैरइस्लामिक कार्य हो, यो निन्दनीय छ ।
अतः नेपाल सरकारको सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरु त्यहाँ समस्यामा रहेका नेपालीहरुको उद्धार गर्न वा उनीहरुलाई घर फर्काउन लागिपरेका छन् । तर, यो समस्याको दीर्घकालीन समाधान होइन । जबसम्म आफ्नो घर(देश)मा रोजगारीको वातावरण सिर्जना गरिदैन, तब बाध्यता वा गरीबीका कारण शोषण हुन्छ भन्ने जान्दा जान्दै पनि साउदी अरब जस्ता देशमा गएर नेपाली मजदूर पसिना बगाउन र शोषण खप्न बाध्य हुनेछन् । यो समस्या र श्रृंखला निरन्तर रहिरहनेछ ।
(केही विदेशी एजेन्सीको सहयोगमा बिजशालाबाट तयार आलेख)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago