काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण साउदी अबरको शानका रुपमा रहेको सरकारी तेल कम्पनी आरामकोलाई ठूलो झट्का लागेको छ।
यो वर्षको दोस्रो त्रैमासमा यो कम्पनीको कमाइमा ७३ प्रतिशतको गिरावट आएको छ। कोरोना संक्रमणबाट विश्वभर लगाइएका प्रतिबन्धकहरुका कारण तेलको माग र मूल्यमा आएको गिरावटको सीधा असर यो कम्पनीमा परेको हो।
कम्पनीले यो वर्ष ७५ अर्ब डलर लाभांशका रुपमा वितरण गर्नुपर्नेछ। विश्व बजारमा तेल माग र मूल्यमा आएको गिरावटले आरामकोले लाभांश वितरण कसरी गर्छ भन्ने प्रश्न उठ्न थालेको छ। यद्यपि कम्पनीका सीईओ आमिन नासिरले भनेका छन्, ‘विश्व बजारमा तेलको स्थिति सुधार हुँदैछ।’
साउदी अबरको राजस्व घाटा सन्तुलित राख्न नि आरामकोको यो लाभांशले अहम भूमिका खेल्छ।
यो वर्षको दोस्रो त्रैमास प्रायः सबै तेल कम्पनीहरुले मुस्किलको सामना गरिरहेका छन्।
आरमको गत वर्षमात्र सेयर बजारमा प्रवेश गरेको थियो। सुरुआती अवस्थामा यो कम्पनीको सेयरमा रेकर्डतोड उछाल आएको थियो।
यो विश्वकै ठूलो पब्लिक कम्पनी पनि थियो। तर गत महिनाको अन्त्यमा आरामकोलाई पछि पार्दै एप्पल विश्वकै ठूलो पब्लिक कम्पनी बनेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19