काठमाण्डौ । हुथी विद्रोहीले शनिबार साउदी अरबको दक्षिणी क्षेत्रमा धेरै आक्रमण गरेका छन् । यीमध्ये एक हमलामा तेल कम्पनी आरामकोको एउटा इकाइलाई पनि निशाना बनाइएको थियो।

समाचार एजेन्सी एफपीका अनुसार यमनमा विद्रोहीसँग लडिरहेको साउदी नेतृत्वको गठबन्धनले आक्रमणको जानकारी दिँदै विज्ञप्ति जारी गरेको छ । यद्यपि यस हमलामा कुनै पनि जनधनको क्षति भएको छैन।

साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार गठबन्धनले विद्रोहीहरुले चार ड्रोन आक्रमण गरेका थिए। यद्यपि, हुथी विद्रोहीहरुले ती क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणहरु गर्दै आएका छन्। 

आरामकोका इकाइबाहेक विद्रोहीहरुले अल–अल–शकिकमा रहेका डिसेलिनेसन प्लान्ट र अल–जनाबको पावर स्टेसनमा पनि आक्रमण गरेका छन्। एसपीएले केही भिडियो र तस्बिरहरु पोस्ट गरेको छ। जसमा अग्निनियन्त्रकहरुले आगो निभाउँदै गरेका देख्न सकिन्छ। 

चौथो निशाना खामिस मुशैतको ग्यास स्टेसन थियो। यद्यपि, आक्रमणपछि यी ड्रोनहरुलाई यमननजिकै रोकेर खसालिएको थियो।

यसअघि गत मार्च १० मा साउदीको राजधानी रियादमा रहेको तेल प्रशोधन केन्द्रमा पनि हुथी विद्रोहीले ड्रोनबाट आक्रमण गरेका थिए।

यो हप्तामात्रै हुथी विद्रोहीहरुले यमन संकटमा वार्ताका लागि ६ खाडी मुलुकहरुको प्रस्ताव अस्वीकार गरेका छन्। –एजेन्सी