काठमाण्डौ । साउदी अरबले आफ्नो अर्थतन्त्रलाई कच्चा तेलबाट मोडेर पर्यटनतर्फ लैजान निरन्तर खोजेको छ। 

अब एउटा यस्तो मोडलको तस्बिर आएको छ, जसका माध्यमबाट लालसागरको उजाड टापुमा सुपर लक्जरी रिसोर्ट बनाइनेछ। साउदीको ५०० अर्ब डलरको नियोम परियोजनाको एउटा हिस्सा शुशाह टापुमा ६५० फिट अग्लो होटेल हुनेछ। त्यहाँ पानीमुनि सम्युजियम पनि हुनेछन्। नियोम परियोजना साउदी युवराज मोहम्मद बिन सलमानको दिमागको उपज हो।

यो अविश्वसनीय परियोजनामा काम पहिले नै सुरु भइसकेको छ। जसमा एउटा लाइनमा सहर हुनेछ। यद्यपि लाइन परियोजना यो विशाल परियोजनाको एक हिस्सामात्र हो। अब शुशाह टापुका नयाँ तस्बिरहरुले भविष्यका लागि पर्यटकलाई आकर्षित गर्ने आफ्नो महत्वाकांक्षा प्रकट गरेको छ। 

साउदीले सन् २०१९ देखि पर्यटकलाई अनुमति दिन थालेको छ। तर, अहिले साउदीले पर्यटकका लागि लालसागरको विकास गरिरहेको देखिन्छ। हाल शुशाह टापु २५० एकड खाली जमिन छ।

उक्त टापुमा रिसोर्ट बनाउने योजना रहेको मोडल तस्बिरमा देखिन्छ। यो कहिले बनाइन्छ यकिन भइसकेको छैन। पर्यटकले त्यहाँ आफ्नो डुंगा विश्राम गर्न सक्नेछन्। समुद्रमा जाने दुईवटा विमान पनि त्यहाँ रोक्न सकिन्छ। यो योजना पूरा भएमा पर्यटकसँग धेरै विकल्प हुनेछन्। टापुमा आइपुगेपछि उनीहरुसँग ३०० कोठाको ६०० फिट लामो होटेल, लक्जरी बुटिक होटेल वा भिला अपार्टमेन्टमा बस्ने विकल्प हुनेछ।

यो टापु शानदार कोरल चट्टानहरुको घर हो। तिनीहरुलाई पुनर्निर्माण गर्ने योजनाहरु पनि छन्। ता कि तिनीहरु रिसोर्टको केन्द्रविन्द बन्न सकून्। आगन्तुकहरुले पानीमुनिको संसार हेर्न सक्ने गरी पानीमुनि म्युजियम पनि बनाइनेछ। नियोम र किंग अब्दुल्लाह विज्ञान तथा प्रविधि विश्वविद्यालयले २०२५ मा कोरल गार्डेन पूरा गर्ने लक्ष्य राखेका छन्। यो टापुको निर्माणको मिति र खर्च भने खुलाइएको छैन। –एजेन्सी