काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को साउन महिनामा ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघु बीमा कम्पनीले झन्डै ४ अर्ब प्रिमियम कलेक्सन गरेका हुन्। चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा बढी प्रिमियम कलेक्सन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ। कम्पनीले यो महिनामा ५५ करोड १५ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ।
त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२ करोड ५० लाख रुपैयाँ प्रिमियम कलेक्सन गरी दोस्रो स्थान कायम गर्न सफल भएको छ। तेस्रो बढी प्रिमियम कलेक्सन गर्नेमा हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ। कम्पनीले ४३ करोड ३७ लाख रुपैयाँ बढी प्रिमियम कलेक्सन गरेको छ।
प्रिमियम कलेक्सनमा सधैँ अग्रस्थानमा रहने शिखर इन्स्योरेन्सको भने चालु आर्थिक वर्षको पहिलो महिनाको व्यवसायमा संकुचन आएको छ। निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा नम्बर वान स्थान जमाउने शिखरले साउनमा जम्मा ३३ करोड ६८ लाख रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरी चौथौ स्थान कायम गरेको छ।
यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २९ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख रुपैयाँ, युनाइटेड अजोडले २६ करोड ४६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँ, एनएलजीले २४ करोड ८ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ।
यता नेसनल इन्स्योरेन्सले १९ करोड ६० लाख रुपैयाँ, सानिमा जीआईसीले १७ करोड ८८ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ।
त्यस्तै, लघुबीमा कम्पनीहरुमा नेपाल माइक्रो इन्स्योरेन्सले ६३ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भने जम्मा ३२ लाख रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago