काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नयाँ ब्यवसायमार्फत २ अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनी र दुई जीवन लघुबीमा कम्पनी गरी १६ कम्पनीले नयाँ व्यवसायमार्फत २ अर्बमाथि प्रिमियम कलेक्सन गरेका हुन्।
साउनमा १४ जीवन बीमा कम्पनीले मात्रै २ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ४.२७ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको साउन महिनामा जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत २ अर्ब २० करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।
चालु आर्थिक वर्षको पहिलो महिनामा नयाँ व्यवसायमार्फत सबैभन्दा बढी प्रिमियम कलेक्सन गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ। कम्पनीले साउन ५६ करोड ३१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।
त्यस्तै, नेशनल लाइफले २४ करोड ३६ लाख रुपैयाँ, हिमालयन लाइफले २० करोड ६० लाख रुपैयाँ, सूर्यज्योति लाइफले १९ करोड ६१ लाख रुपैयाँ, एलआईसी नेपाललले १६ करोड ८१ लाख रुपैयाँ, सिटिजन लाइफले १४ करोड ८८ लाख रुपैयाा, आईएमई लाइफले १४ करोड ७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ११ करोड ३३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १० करोड ९६ लाख रुपैयाँ, एसियन लाइफले १० करोड ३५ लाख रुपैयाँ र सन नेपाल लाइफले १० करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्।
त्यस्तै, मेट लाइफले ९ करोड १४ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ६ करोड ८८ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ४ करोड ३७ लाख रुपैयाँ नयाँ व्यवसायमार्फत प्रिमियम कलेक्सन गरेका छन्।
यसका साथै लघुबीमातर्फ गार्डियन माइक्रो लाइफले ४ लाख २३ हजार रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले १ लाख ४५ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19