काठमाण्डौ । अरुण फाइनान्स लिमीटेडले धितोपत्र बोर्डबाट स्वीकृत १ बराबर १ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ । 

सोमबार एक सूचना प्रकाशित गर्दै अरुण फाइनान्सले हकप्रदका लागि आगामी साउन ९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ साउन ८ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

अरुण फाइनान्सले एकसयरुपैयाँ अंकित मूल्यका कुल १५ लाख कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

ग्लोबल आइएमई क्यापिटल लिमीटेड हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ । 

अरुण फाइनान्सको हाल चुक्तापूँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि यो बढेर ३० करोडको उचाईमा पुुग्नेछ ।