काठमाण्डौ । गत वर्ष ४२ लाख बढी घाटा व्यहोरेको कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको साझा विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ५७ लाख ६१ हजार खूद नाफा कमाएको छ । 

यो विकास बैंकले घाटालाई पूर्ति गर्दै नाफामा निकै ठूलो फड्को मारेको हो । 

खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको देखिएको छ । अघिल्लो वर्ष २ करोड ७४ लाख यस्तो आम्दानी भएकोमा यो वर्ष वृद्धि भई ३ करोड ४४ लाखको उचाईमा पुुगेको छ । 

बैंकले संचालन नाफा भने कमाउन सकेन । उच्च संचालन खर्चका कारण गत वर्ष ४२ लाख संचालन घाटा व्यहोरेको बैंकले यो वर्ष त्यस्तो घाटा अझ बढेर ५३ लाखको हाराहारीमा व्यहोर्न पुुगेको छ । 

यो अवधिमा बैंकले ५१ करोड २१ लख निक्षेप संकलन गरी ३७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५० करोड ९३ लाख निक्षेप संकलन गरी ३४ करोड ९३ लाख कर्जा परिचालन गरेको थियो । 

गत वर्षसम्म ३.१२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर ४.२४ प्रतिशत पुुगेको छ ।

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.७६ रुपैयाँ, प्रति सेयर नेटवर्थ ८६.९६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६१२.९० रुपैयाँ, मूल्य अम्दानी अनुपात १३.८९ गुणा तथा पूँजीकोष अनुपात १८.२४ कायम भएको छ ।