NCC Bank
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको सेयर कारोबार साढे १५ महिनापछि सोमबारदेखि खुुलेको छ ।
चारवटा राष्टिय स्तरको विकास बैंकसँगको मर्जरमा रहेका कारण एनसीसी बैंकको कारोबार निलम्बित थियो । मर्जरका कारण एनसीसी बैंकको यसअघि २०७२ साल मंसिर १० गते बिहीबार अन्तिम कारोबार भएको थियो । सो दिन यो बैंकको सेयर प्रतिकित्ता ३ सय ४४ रुपैयाँमा कारोबार भएको थियो ।
यो बैंकले आर्थिक वर्ष २०७१/७२ को खूद नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बोनस सेयर वितरणपछि मूल्य समायोजन भई प्रति कित्ता ३ सय १३ रुपैयाँ कायम भएको छ । सोमबार बजार खुल्दा समेत ३ सय १३ रुपैयाँमा कारोबार सुरु भएको हो ।
एपेक्स डेभलपमेन्ट बैंक, सुप्रीम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकलाई गाभेपछि २०७३ पुस १७ गतेदेखि संयुक्त बित्तीय कारोबार सुरु गरेको थियो।
एनसीसी बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ७ करोड ७६ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । बैंकको हाल चुक्तापूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago