काठमाण्डौ । रुपन्देही मुख्य कार्यालय रहेको ३ जिल्ले विकास बैंक पूर्णिमा विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा १० करोड बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ६ करोड ५३ लाखमा सीमित थियो । 

अघिल्लो  वर्ष १२ करोड १७ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष १९ करोड ४ लाखको उचाईमा पुुगेको छ । 

बैकले यो अवधिमा २ अर्ब ४० करोड निक्षेप संकलन गरी २ अर्ब ३ करोड बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३२ करोड निक्षेप संकलन गरी १ अर्ब ७० करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकले यो अवधिमा १५ करोड ५३ लाख बराबरको संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ९ करोड ५५ लाखमा सीमित थियो । 

अघिल्लो वर्ष ०.१० प्रतिशतमा रहेको निस्क्रिय कर्जादरलाई घटाएर बैंकले ०.०१ प्रतिशतमा झार्ने सफलता पाएको छ ।