काठमाण्डौ । सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक करेक्सनको मोड समात्दै ३.९४ अंकले गिरावट आई १३५१.५४ अंकमा झरेको छ ।
नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराउन दुईपटकसम्म लिखित सचेतनापत्र नै जारी गरेपछिदेखि सामान्य रुपमा बजारमा देखिएको नकारात्मक प्रभाव यो साता पनि सुरुवातमै देखिएको हो ।
नेप्से परिसूचकले ऐतिहासिक उचाईं कायम गरिरहँदा धितोपत्र बोर्डले भने बजार अस्वभाविक रुपमा बढेको भन्दै लगानीकर्तालाई सम्हालिएर लगानी गर्न आग्रह गरेको थियो ।
आइतबार बजार खुल्दा नेप्से परिसूचक १३५५.६१ अंकमा थियो । त्यसपछि केही घटबढ हुँदै बजार बन्द हुँदा ३.९४ अंकले घटेर नेप्से १३५१.५४ मा झरेको हो ।
आइतबार विभिन्न कम्पनीको ७ लाख कित्ता शेयरको २ हजार ६ सय ११ वटा कारोबारबाट किनबेच हुँदा बजारमा ५२ करोड ६७ लाख पूँजी परिचालन भयो । सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः ०.७६ र ०.३१ अंकले घटे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19