काठमाण्डौ । भारतका धनाड्य व्यापारी एवं प्रसिद्ध इन्फोसिस कम्पनीका सह-संस्थापक एनआर नारायण मूर्थिले  सित्तैमा कसैलाई केही दिनु नहुने बताएका छन् ।

भारतको बेंगलुरुमा आयोजित टेक समिट- २०२३ लाई सम्बोधन गर्दै उनले भने, ‘म नि: शुल्क सेवाको विरुद्धमा छैन । तर सरकारले दिने सेवा र अनुदान प्राप्त गर्ने व्यक्तिहरूले समाजको उन्नतिमा योगदान गर्नुपर्छ।’

सरकारको राज्यका नागरिकप्रति हरेक प्रकारका दायित्वहरु हुन्छन् । सोही दायित्व अनुरुप सरकारले अनुदान दिइरहेको हुन्छ तर उनको यस्तो अनुदानप्रति ठिक उल्टो धारणा रहेको छ ।

भारतको प्रविधि क्षेत्रको दोस्रो ठूलो कम्पनी इन्फोसिसका सहसंस्थापक एनआर नारायण मूर्ति स्वंय पनि हप्तामा ७० घण्टा काम गर्छन्  ।यसअघि सातामा ७० घण्टा काम गर्नुपर्ने भनाई सार्वजनिक भएपछि उनीप्रति विश्वको ध्यान खिचिएको थियो ।

उनले देश समृद्धिको लागि युवाले सातामा ७० घण्टा काम गर्नुपर्ने बताएका थिए ।यो भन्दा पहिला उनले सन् २०२० मा हप्तामा ६० घण्टा काम गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।

अहिले आएर पनि उनले अब सित्तैमा कसैलाई केही दिन नहुने फरक तर आश्चर्यजनक विचार व्यक्त गरेका छन् । टेक समिट- २०२३ को २६ औं संस्करणमा बोल्दै उनले आफ्नो यस्तो विचारको पछाडि केहि कारण रहेको बताए । उनले भने, सित्तमै केहि लिने भए समाजको कल्याणमा पनि योगदान गर्नुहोस ।’
कुनै पनि प्रकारको सेवा
नि: शुल्क उपलब्ध गराउने विषयमा कुरा गर्दै उनले आफू नि: शुल्क सेवाको फ्यान नभएको बताए।

‘म यसको विरुद्धमा होइन, तर सरकारले दिने सेवा र सहुलियत लिने मानिसहरूले समाजको उन्नतिमा योगदान गर्नुपर्छ, जब ती सेवाहरू प्राप्त गर्नुहुन्छ, जब तपाईले सरकारबाट सब्सिडी(अनुदान) हरू प्राप्त गर्नुहुन्छ, तब त्यसका लागि केहि योगान गर्नुपर्दछ । जुन तपाइँ गर्न इच्छुक हुनुहुन्छ। उनका अनुसार गरिब राष्ट्रलाई समृद्ध राष्ट्र बनाउनको लागि दयालु पूँजीवाद नै एक मात्र उपाय हो । 


चीनको प्रगतिबारे अध्ययन गर्न युवालाई सल्लाह
उनले चीनमा भइरहेको औद्योगिक विकास र त्यहाँको प्रगति बारे पनि प्रशंसा गर्दै त्यहाँको प्रगतिबारे अध्ययन गर्न युवालाई सुझाव दिएका छन् ।उनले भने, ‘चीनबाट पनि हामीले सिक्नुपर्छ ।’ 

उनले भनेका छन्, ‘पछिल्लो समयमा चीनमा युवाहरुले विहान ९ बजेदेखि बेलुका ९ बजेसम्म सातामा ६ दिनसम्म काम गरेका छन् ।उनका अनुसार आजको श्रमशक्तिले वर्क कल्चरमा सुधार गर्नु आवश्यक छ ।
व्यापारिक पत्रिका फोर्ब्स
ले प्रकाशित गरेको रिपोर्ट अनुसार उनको नेटवर्थ ४ अर्ब अमेरिकी डलर छ । उनको कम्पनीमा ६० हजारभन्दा बढी श्रमशक्ति कार्यरत छन् । -एजेन्सी