काठमाण्डौ । यो साता अमेजनका सिईओ जेफ बेजोसले कम्पनीको ३ बिलियन डलरभन्दा बढीको सेयर बिक्री गरेका छन् ।
बेजोसले गत वर्ष आफ्नो सेयर बिक्रीको गति बढाएका थिए ।
अगस्त महिनामा बेजोसले अमेजनको ३.१ बिलियन डलर बराबरको सेयर बिक्री गरेका थिए ।
त्यस्तै फेब्रुअरी महिनामा उनले ४.१ बिलियन डलर बराबरको सेयर बिक्री गरेका थिए ।
यो साता बेजोसले ३ बिलियन डलर बराबरको सेयर बिक्री गरेसँगै यो वर्ष उनले सेयर बिक्रीबाट १०.२ बिलियन डलर आर्जन गरेका छन् । यो रकम उनले सन् २०१९ मा बिक्री गरेको सेयर रकमभन्दा धेरै हो । सन् २०१९ मा बजोसले २.८ बिलियन डलर मूल्यबराबरको सेयर बिक्री गरेका थिए ।
अहिलेको ताजा सेयर बिक्रीसँगै बेजोससँग अझै पनि १७० बिलियन डलर मूल्य बराबरको ५३ मिलियन कित्ता सेयरको स्वामित्व रहेको छ । यससँगै उनी अहिले विश्वको धनाढ्यको सूचिमा पहिलो स्थानमा रहेका छन् ।
यसअघि बेजोसले आफ्नो रकेट स्टार्ट अप ब्लु ओरिजिनको कोषका लागि प्रत्येक वर्ष १ बिलियन डलर मूल्य बराबरको सेयर बिक्री गर्ने बताएका थिए । तर ओरिजनका अतिरिक्त अमेजनका सिईओ जेफ बेजोसले गत फेब्रुअरी महिनामा जलवायु परिवर्तनसँग लड्न १० बिलियनको अर्थ फन्ड लञ्च गरेका थिए । यो फन्डले जलवायु परिवर्तनको अध्ययन, अनुसन्धानमा लागेका वैज्ञानिक, कार्यकर्ता र अन्य संघसंस्थालाई सहायता प्रदान गर्ने काम गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago