काठमाण्डौ । लकडाउनमा ग्राहकको सुविधाका लागि नबिल बैंक लिमिटेडले सातै प्रदेशका विभिन्न स्थानमा रहेका शाखाहरु आज बिहीबार खुला राख्ने भएको छ।
प्रदेश १ का विराटनगर, बिर्तामोड, चन्द्रगढी, दमक, इटहरी, कटारी र उर्लाबारी तथा प्रदेश २ का आदर्शनगर वीरगन्ज, बर्दिबास, चन्द्रपुर, गोलबजार, सिमरा र सिरहामा रहेका नबिल बैंकका शाखा खुलै रहनेछन्।
त्यस्तै नबिल कैंकको बागमती प्रदेशका बनेपा, हेटौँडा, ललितपुर र तीनधारा तथा गण्डकी प्रदेशका बेसीसहर, दलदले, दमौली, दुलेगौँडा, गैँडाकोट, कावासोती र पोखराको सभागृहस्थित शाखाहरु पनि खुलै रहनेछन्।
प्रदेश ५ मा भने बाँसगढी, लमही, सम्मारीमाई र सुनवल तथा कर्णाली प्रदेशमा बाह्रताल, दार्मा, पचलझरना, पलाता, सुर्खेत र तेलीमा नबिल बैंकका शाखाहरु खुलै रहनेछन्।
नबिल बैंकको सुदूरुपश्चिम प्रदेशमा आलीताल, बित्थाडचिर (बझाङ), पञ्चेश्वर, रामारोशन, रातोपुल (धनगढी), सयाल, टीकापुर र तुर्माखाडस्थित नबिल बैंकका शाखारहरु खुलै रहेछन्।
आज नबिल बैंंकको कर्णाली प्रदेशस्थित तिला शाखा अपराह्न ४ बजेदेखि ५ बजेसम्म खुला रहनेछन् भने अन्य शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago