काठमाण्डौ । नेपालभारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।
झापाको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले बुधबारदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवाप्रारम्भ गरेको हो ।
भन्सार विभागका महानिर्देशक तोयम रायाबाट एक समारोहका बीच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर समुद्घाटन भयो ।
त्यसैगरी अन्य भन्सार कार्यालयका एक्स्टेन्सन काउण्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखहरुबाट समुद्घाटन भएको प्रभू बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आँकडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19