 
                     
                                
                             
                                    काठमाण्डौ । साधना लघुवित्तले घोषणा गरेको लाभांश प्राप्त गर्न चाहनेहरुका लागि सो कम्पनीको सेयर किन्ने आज अन्तिम दिन हो ।
साधना लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।
सो लाभांश पारित गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो पाँचौ वार्षिक साधारणसभा कात्तिक १३ गते आह्वान गरिसकेको छ ।
लाभांश प्रयोजनका लागि यो कम्पनीले कात्तिक ३ गते अर्थात भोलिदेखि बुक क्लोजको मिति तोकेको छ । कात्तिक १३ गतेसम्म बुक क्लोज हुनेछ । यसको अर्थ यो कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न चाहनेले आजको कारोबार अवधिभर साधना लघुवित्तको सेयर किनेर सेयरधनी बनिसक्नुपर्छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19