काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको गत मंसिर २५ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ५६ हजार रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ४ करोड १३ लाख ७८ हजार २०० रुपैयाँ र १ प्रतिशतले हुन आउने २१ लाख ७७ हजार ८०० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19