 
                     
                                
                             
                                    काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ९ करोड २२ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा २१.६१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले ७ करोड ५८ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ३५.०३ प्रतिशतले बढेर १२ करोड ७२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ९ करोड ४२ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३७.२१ प्रतिशतले बढेर २१ करोड ८९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १५ करोड ९५ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ३२ करोड १२ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म ३ अर्ब ५३ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ६५ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा संस्थाको रिजर्भको आकार ६२.३५ प्रतिशतले बढेर १५ करोड २७ लाख रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा ९ करोड ४० लाख रुपैयाँ रहेको थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३८.२७ रुपैयाँ, पीई रेसियो ३२.१४ गुणा, प्रतिसेयर नेटवर्थ १४७.५५ र तरलता अनुपात ५.६२ प्रतिशत रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19