काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय प्रदर्शन सामान्य रहेको छ। 

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ६१ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १२.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ५४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ५.७४ प्रतिशतले घटेर ७७ करोड ४० लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो मुनाफा ८२ करोड १५ लाख रुपैयाँ रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानी ९.०२ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको थियो।

संस्थाले २० अर्ब ३१ करोड रुपैयाँ सापटी लिई २४ अर्ब ५३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले १९ अर्ब ४२ करोड रुपैयाँ सापटी लिई २१ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार १७.८३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब ९७ करोड रुपैयाँको रिजर्भ बढेर २ अर्ब ३२ करोड रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९.१४ रुपैयाँ रहेको छ। पीई रेसियो ३३.३७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २८५.८७ रुपैयाँ रहेको छ।