काठमाण्डौ । नवील बैंक लिमीटेडबाट महिला व्यवसायीले ३.९४ प्रतिशत ब्याजमै ऋण पाउने भएका छन् ।
बैंकले नेपाली महिलाहरुलाई लक्षित गरी बिहीबार एक कार्यक्रमबीच नवील नारी नामको प्याकेज लञ्च गरेको हो ।
प्याकेज अन्तर्गत लञ्च गरिएका तीन प्रडक्टमध्ये वुमन रन माइक्रोइन्टरप्राइजेज लोनमा महिला व्यवसायीले ३.९४ प्रतिशतमा बिनाधितो ऋण पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए ।
उनका अनुसार यो प्रडक्ट ग्रामीण भेगमा व्यवसाय गर्न चाहने र शहरी क्षेत्रमै समेत साना व्यवसाय गर्न चाहने महिलाहरुलाई लक्षित गरी ल्याइएको हो ।
यस अन्तगरत महिलाहरुले बिनाधितो ५ वर्षका लागि वार्षिक ३.९४ प्रतिशत ब्याजमा १५ लाख रुपैयाँसम्मको ऋण पाउने छन् ।
यो स्किममा सहभागी हुन १८ देखि ६५ वर्ष उमेर समूहका महिला मात्र योग्य हुने बैंकले जनाएको छ ।
यो प्रडक्टमा सहभागी बन्नेहरुले अतिरिक्त कुनै शुल्क तिर्नु नपर्ने र कर्जाका लागि आवश्यक कागजातसहित आवेदन दिएको २१ दिनभित्रमा सो सम्बन्धमा बैंकले आफ्नो निर्णय दिनेछ ।
नवीले बैंकले अन्य दुई प्रडक्ट समेत लञ्च गरेको छ । जसअन्तर्गत नवील नारी कर्जा र नवील प्रिमियम नारी बचत रहेका छन् ।
नवील नारी कर्जा अन्तर्गत महिलाहरुको ५० प्रतिशत वा सोभन्दा बढीको सेयर स्वामित्व रहेको संस्थालाई कर्जा सुविधा दिइनेछ । यो प्रडक्ट अन्तर्गत वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा ५ लाखदेखि डेढ करोड रुपैयाँसम्मको लोन लिन सकिने सीइओ शाहले जानकारी दिए ।
नवील नारी कर्जा लिएपछि पहिलो एक वर्षसम्म ९.९९ प्रतिशतको ब्याजदर परिवर्तन नहुने ग्यारेण्टी समेत गरिएको छ ।
यो प्रडक्टमा निशुल्क कारोबार अलर्ट, इमेलबाट मासिक बैंक स्टेटमेन्टको सुविधा, निःशुल्क क्रेडिट कार्ड र सम्बन्धित संस्थाको मुख्य मान्छेलाई ५० हजारसम्मको क्रेडिट लिमीटेडको सुविधा लगायतका सुविधाहरु समेत हुनेछन् ।
नवीलले वार्षिक ४.७५ प्रतिशत ब्याज पाउने गरी नवील प्रिमियम नारी बचत खाता समेत संचालनमा ल्याएको छ । यो प्रडक्टमा क्रेडिट कार्ड, स्वीफ्ट टान्सफर, लकर सेवा लगायतका सुविधा दिइने बताइएको छ । यो खातामा फिक्स्ड डिपोजिट गर्न चाहे अन्य फिक्स्ड डिपोजिटकै दरमा ब्याज पाइने समेत बताइएको छ ।
यसैबीच, नवील नारीको फेसको रुपमा बैंकले अभिनेत्री प्रियंका कार्कीलाई ब्राण्ड एम्बेस्डर बनाएको छ ।
प्रडक्ट लञ्च समारोहमा कार्कीले आफूले नवीलबाट पाउने पारिश्रमिक आयंका फाउण्डेसनलाई प्रदान गर्ने घोषणा गरेकी थिइन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago