काठमाण्डौ । कोरोनाभाइरस महामारीको आर्थिक प्रकोपबाट प्रताडित बनेका साना तथा मध्यम वर्गीय व्यवसायीहरुलाई अधिक कोष प्रदान गर्ने उद्देश्यले बैंक अफ जापानले शुुक्रबार नयाँ ऋण सुुविधा सुुरु गर्ने निर्णय गरेको छ । 

आपतकालीन नीतिको बैठकको क्रममा जापानको केन्द्रीय बैंकले भाइरसको नतिजालाई नियन्त्रण गर्न लागू गरिएका कर्जाको श्रृंखलाहरुको समयसीमा बढाएको छ, जसमा ६ महिनादेखि सन् २०२१ सम्म कर्पाेरेट ऋण खरीद गर्ने विषय पनि समावेश रहेको छ । 

व्यापक रुपमा अनुुमान गरिए अनुुरुप बैंक अफ जापानले आफ्नो मौद्रिक नीतिहरुमा परिवर्तन भने गरेको छैन। यसमा बैंकको छोटो अवधिको ब्याजदर ०.१ प्रतिशत राख्ने लक्ष्य र १० वर्षे सरकारी बोन्डको प्रतिफल ० प्रतिशतको वरपर राख्ने विषय समावेश गरिएका छन् । 

बैंक अफ जापानले अप्रिलमा प्रत्यक्ष दोस्रो महिनाका लागि जोखिमपूर्ण सम्पत्ति खरीद गरेर मौद्रिक नीतिलाई केही खुुकुुलो बनाएको थियो र महामारीसँग जुुध्नका लागि असीमित मात्रामा सरकारी बोन्ड खरीद गर्ने प्रतिबद्धता जाहेर गरेको थियो । 

बैंक अफ जापानका गर्भनर कुुरोडाले गत महिना आफ्ना कर्मचारीहरुलाई, कोरोनाबाट प्रभावित बनेका साना व्यवसायीहरुलाई कर्जा सुुविधा उपलब्ध गराउनका लागि नयाँ ऋण योजनामाथि काम गर्न निर्देशन दिएका थिए । 

अप्रिल महिनामा जारी गरिएको कार्ययोजनामा बैंक अफ जापानले नयाँ सुुविधा अनुुरुप साना व्यवसायीहरुलाई अधिक ऋण प्रदान गर्ने वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने जनाएको थियो । यसका साथै बैंकले यस्तो प्रकारको कर्जालाई बढावा दिने कर्जादातालाई ०.१ प्रतिशत ब्याज तिर्ने प्रस्ताव समेत गरेको थियो ।