 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ससर्त साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।
राष्ट्र बैंकले १० बुँदे सर्तहरु अगाडि सार्दै यी दुवै लघुवित्तबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। मर्जरसम्बन्धी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिँदा दुवै संस्थाको एकीकृत पुँजीकोष अनुपात राष्ट्र बैंकको निर्देशनबमोजिम पर्याप्त हुनुपर्ने सर्त अघि सारिएको छ।
दुवै संस्थालाई राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागबाट निरीक्षण तथा सुपरिवेक्षणका सिलसिलामा दिइएका सबै निर्देशनहरुको पालना तोकिएको समयभित्र गरी सोसम्बन्धी जानकारी यस विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई दिनुपर्ने सर्त राखिएको छ।
यी दुवै लघुवित्तबीच गत भदौ ३१ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।
मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००ः८७ कायम हुने सहमति भएको छ। यसको अर्थ आरएमडीसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।
यसैगरी दुवै संस्थाका संस्थापक समूहबाट २–२ जना, सर्वसाधारण समूहबाट १–१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमतिसमेत भएको छ।
एकआपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भएपछिको एकीकृत वित्तीय संस्थाको नाम ‘साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड’ हुनेसमेत समझदारीपत्रमा उल्लेख छ।
यस्ता छन् राष्ट्र बैंकका सर्तहरु -
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19