काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफामध्येबाट वित्तीय विवरणमा व्यवस्था गरिएबमोजिम चुक्तापुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १० प्रतिशतले हुन आउने ३० करोड ८९ लाख २५ हजार १०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२.६३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ५९ हजार २१५.७९ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १२औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। सभा आउँदो कात्तिक २३ गते आयोजना गर्ने निर्णय सञ्चालक समितिले गरेको छ। 

सभाले जुमखोला जलविद्युत आयोजना (५६मेवा)को प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको सेयरमा अधिकतम १ अर्ब ५० करोड रुपैयाँसम्म लगानी गर्ने, लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरुबीच सम्झौता गर्ने प्रस्ताव पारित गर्नेछ। जुमखोला जलविद्युत आयोजनाको बैंक र्जा प्रयोजनका लागि प्रचलित कानुनले तोकेको सीमाभित्र रही संस्थागत जमानत दिने सम्बन्ध दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही असोज २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।