काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६.४० रुपैयाँको कुल १०.९८ प्रतिशतले हुन आउने १ अर्ब २४ करोड ३७ लाख ४६ हजार ३०.४४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख ३७ हजार ७३२.६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशतले हुन आउने ११ करोड १० लाख ८ हजार २९७.८० रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले नाएको छ।