काठमाण्डौ । आर्थिक वर्ष २०७८-७९ को लाभांश अनुमोदन गर्दै सानिमा बैंकको १८ औँ वार्षिक साधारणसभा आज (पुस ३ गते) सम्पन्न भएको छ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्तापँुजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। सभाले सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल निर्वाचित गरेको छ।
आर्थिक वर्ष २०७८–७९ मा रु. २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १९२.५१ अर्ब, कुल निक्षेप रु. १५८.८८ अर्ब तथा खुद कर्जा सापटी रु. १४१.६९ अर्ब रहेको छ। आर्थिक वर्ष २०७७–७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ।
बैंकको वित्तीय परिसूचक (असार मसान्त २०७९)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19