काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर बोधदीप तिमल्सिनाले मायाको चिनो स्वरुप एक जना खेलाडीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । 

पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो घरपरिवार, साथीभाई तथा आफन्तलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । यसैबीच बाराको निजगढ नगरपालिका- ६ स्थायी घर भएका उक्त कम्पनीका एजेन्सी म्यानजेरसमेत रहेका तिमिल्सिनाले सोही क्षेत्रकै बासिन्दा कृष्ण प्रसाद चौलागाईलाई सावधिक जीवन बीमा उपहार दिएका हुन् । 

नमोबुद्ध आधुनिक युवाक्लबद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको अवसर पारेर उनले आयोजक टिमकै खेलाडी चौलागाईलाई २ लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएका हुन् ।खेलप्रति लगाव भएका चौलागाईलाई खेल क्षेत्रमा अझ सहजता होस् भन्ने हेतुले बीमा पोलिसी उपहार दिएको उनले बताए । 

‘पारिवारिक अवस्था न्यून भएको र खेलमा समेत अभिरुचि राख्ने भएको हुँदा खेल क्षेत्रलाई निरन्तरता दिइयोस् भन्ने उद्देश्यले आफूले बीमा पोलिसी उपहार दिएको उनले बताए ।

उनले भने, ‘निजगढमा भएको नकआउन फुटबल प्रतियोगिताको अवसर पारेर एकजना कुशल खेलाडीलाई बीमा उपहार दिने सोच यसअघि नै थियो ।’

उनले ती खेलाडीको बीमा गराई पहिलो प्रिमियमसमेत तिरिदिएका छन् । खेल क्षेत्रमा प्रोत्साहन मिलोस् भनेर मायाको चिनोस्वरुप बीमा पोलिसी उपहार पाउँदा आफूलाई  खुसी लागेको चौलागाईले बताए ।

मंसिर ९ गते भएको फाइलन खेलमा ट्रयाक्टर संघलाई पछि पार्दै निजगढ वडा नं. ५ स्थित उक्त क्लबले जित हासिल गरेको थियो । सांसद अच्युत मैनाली प्रमुख अतिथि थिए ।