काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आइपीओमा दोस्रो दिन नै ४.५७ गुणा बढी आवेदन परेको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार यो कम्पनीको आइपीओमा दोस्रो दिन अपरान्ह ४ः३० सम्म ५ लाख ६१ हजार ८७३ आवेदकले सेयर खरीदका लागि आवेदन दिएका हुन् । उनीहरुले कुल १ करोड २४ लाख ७० हजार ९०० कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

यो कम्पनीले हिजो बुधबारदेखि ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो। 


कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्कासन बन्द छिटोमा असोज २५ गते र ढिलामा कात्तिक ६ गते बैंकिङ समयपछि हुनेछ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयर पोर्टलमार्फत आईपीओमा आवेदन दिन सक्नेछन्।

कम्पनी चुक्तापुँजी १ अर्ब पुर्याउन आईपीओ निष्कासन गरेको हो। हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको छ।